काठमाडौं। अटोमोबाइल व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन भएका छन् । आज भएको मनोनयनमा अध्यक्षसहित सम्पुर्ण कार्यसमिती सदस्य निर्विरोध चयन भएका हुन्। नाडाको ४७औं वार्षिक साधारणसभा पुस २० र २१ गते काठमाडौंमा हुँदैछ।
अध्यक्षमा करण चौधरी सहित कार्यसमितीमा साधरण सदस्यका तर्फबाट राजनबाबु श्रेष्ठ, निराकार श्रेष्ठ, आकाश गोल्छा, सुरेन्द्रकुमार उप्रेती, सुनिल रिजाल, मिलनबाबु मल्ल, बिक्रम सिंहानिया, पंकज अग्रवाल, यमुना श्रेष्ठ, प्रदिपमान प्रधान, कपिल शिवाकोटी, प्रकाश कपुरी, दिपेन्द्रकुमार मिश्रा, रिद्धि कार्की, नवराज भुसाल, सौरभ थापा र संजयकुमार खेतान सर्बसम्मत चयन भएका हुन् ।
नयाँ नेतृत्व र कार्यसमिती चयनका लागि आज राखिएको बैठकमा आवश्यक संख्याले मात्र मनोनयन दर्ता गरेपछि अध्यक्ष सहित सम्पूर्ण कार्यसमिती नै सर्वसम्मत चयन भएको हो । संस्थागत सदस्यका तर्फबा(पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन), गणेशप्रसाद भट्टराई(लुम्बिनी अटोमोबाइल एसोसिएसन अफ नेपाल), भद्र भण्डारी (कर्णाली अटोमोबाइल एसोसिएसन), पुस्करराज ओझा(सुदुर पश्चिम अटोमोबाइल डिलर्स एसोसिएसन) कार्यसमिति सदस्यमा चयन भएका छन् ।
नयाँ कार्यसमितीमा साधरण सदस्यका तर्फबाट चयन भएका मध्ये ५ जना नयाँ अनुहार छन् भने १२ जना पुरानै कार्यसमितीबाट आएका हुन् । कार्यसमितीमा चयन भएका नयाँ सदस्यमा दिपेन्द्र मिश्र, रिद्धि कार्की, नवराज भुसाल, सौरभ थापा र संजयकुमार खेतान छन् ।
वर्तमान अध्यक्ष ध्रुव थापा भन्छन्- एक महिनादेखिको प्रयास सफल भयो
नाडामा अस्वस्थ प्रतिस्पर्धा भन्दा सहमतिमा कार्यसमिती बनाउन वर्तमान अध्यक्ष ध्रुव थापाले महत्वपूर्ण भूमिका खेलेका छन् । त्यसो त अध्यक्षका दुई प्रत्यासी करण चौधरी र आकाश गोल्छालाई चुनावमा नजान र मिल्न मिलाउन अध्यक्ष थापाले १ महिनादेखि कसरत गरेका थिए । उनी भन्छन् -“देशको वर्तमान अर्थतन्त्र र अटोमोबाइल क्षेत्र खुम्चिएको अवस्थामा निर्वाचनमा गएर अस्वस्थ प्रतिस्पर्धामा उत्रनु कदापी राम्रो हुने थिएन, बाहिर पनि गलत सन्देश जान सक्थ्यो । सोही कारण मैेले सहमतिमा लैजान प्रयास गरेको हुँ ,सफल पनि भयो ।”
“शुरुमा अध्यक्षका प्रत्यासी मिलाउन गाह्रो भयो पछि त सदस्यहरु पनि आकांक्षी थपिँदै गए । चुनाव भए यस्तो बेला सदस्यहरुबीच विभाजन आउन सक्छ भन्ने भयो । एक किसिमको दबाव जस्तो पनि भयो सबैलाई मिलाउन केही समय त लाग्यो अन्तिममा सहमति जुट्यो पनि खुशी लागेको छ.” थापाले भने ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !