काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्था (MLBS) र श्रृजनशील लघुवित्त वित्तीय संस्था (SHLB) ले मर्जर प्रस्ताव सहित विशेष साधारण सभा बोलाएको छ। दुइटै लघुवित्तले पुस २८ गते शनिबार, बिहान साढे १० बजे विशेष साधारण सभा बोलाएको हो।
मानुषी लघुवित्तले पुतली घर रिसोर्ट, बनेपा, साँगा, काभ्रेपलाञ्चोकमा सभा बोलाएको छ भने श्रृजनशील लघुवित्तले आफ्नो केन्द्रिय कार्यालय, गोलबजार नगरपालिका, चोहर्वा, सिराहामा सभा बोलाएको छ ।
यी लघुवित्तहरुका सभाले मर्जर प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक एवम् सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
यसक साथै साधारण सभा प्रयोजनार्थ दुवै लघुवित्तहरुले पुस २२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !