काठमाडौं। हिजो बिहिवार अहिले सम्मकै उच्च सुनको भाउ आज शुक्रवार भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुन तोलामा १३०० रुपैयाँले घटेको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २० हजार १०० रुपैयाँ कायम भएको छ । हिजो बिहिवार भने सुनको मूल्य प्रतितोला १ लाख २२ हजारमा खरिद बिक्रि भएको थियो । शुक्रबार चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँ कायम भएको छ ।
बिहिवार चाँदीको भाउ प्रतितोला १४ सय ९० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७०.२८ डलर र चाँदी प्रतिऔंस २३.८३ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !