धनगढी । कैलालीको धनगढीमा रहेको चैतन्य पाठशाला स्कुलले माघी मिलन कार्यक्रम सम्पन्न गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थीत शिव नगरमा रहेको चैतन्य पाठशालाले आज शुक्रवार हिन्दुहरुको महान् पर्व माघी पर्वको अवसरमा माघी मिलन कार्यक्रम सम्पन्न गरेको हो ।
शिक्षासँगै संस्कारलाई प्राथमिकता दिदैं आएको चैतन्य पाठशाला स्कुलले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा गायन प्रस्तुती देखाएका थिए । थारु जातिले माघी पर्वलाई विशेषरुपमा मान्ने भएकाले यसलाई जगेर्ना गर्ने उद्देश्यले माघी मिलन कार्यक्रम आयोजना गरिएको चैतन्य पाठशालाले जनाएको छ ।
कार्यक्रममा पाठशालाले सुदुरपश्चिमका मौलिक खानाका परिकारहरु प्रर्दशनी गरेको थियो । भने कार्यक्रममा स्वागत मन्तव्य ब्यक्त गर्दै चैतन्य पाठशालाका सहायक प्रधानाध्यापक कटक बहादुर सिंहले कला र सभ्यता सँगै संस्कृती जोगाउने हाम्रो पहिलो उद्देश्य रहेको बताए ।
शिक्षासँगै कला र संस्कृतिको मुल्य मान्यता विद्यार्थीहरुबाट जागृति गराउने र दक्ष, क्षमतावान, अब्बल बिद्यार्थी उत्पादन गर्ने उदेश्य चैतन्य पाठशालाको रहेको बताउँदै माघी पर्वको शुभकामना दिए । उनले शिक्षा र सँस्कार कै कारण अहिले संस्कृतिको बिकास भैरहेको बताउँदै शिक्षाले संस्कार र संस्कारले शिक्षालाई जोड्ने पुलको काम गरेको बताए ।
त्यस्तै चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी चैतन्य पाठशालाका प्रमुख सल्लाहकार चैतन्य इन्स्टिच्युट रिसर्च एण्ड डेभलपमेन्टका अध्यक्ष डा. हेमराज पन्त रहेका थिए ।
प्रमुख अतिथि डा.पन्तले कला संस्कृतिलाई हामी सबैले जगेर्ना गर्नुपर्ने बताएका थिए । उनले हाम्रो सुदुरपश्चिमको पहिचान, कला संस्कृतिलाई हामीले भुल्न नहुने भन्दै भोलिको पुस्तालाई संस्कृतिबारे हामीले जानकारी गराएनौ भने भोली आउने पुस्ताले थाहा समेत नपाउने बताए । त्यसका लागी संस्कृतिलाई बचाउन हामीले आआफ्नो तर्फबाट लाग्नुपर्ने कुरामा जोड दिए ।
बिशिष्ट अतिथि धनगढी उपमहानगरपालिका वडा ५ का वडा अध्यक्ष गजेन्द्र बहादुर शाही ,धनगढी उपमहानगरपालिका वडा ६ का वडा अध्यक्ष भागिराम चौधरी,वडा नम्बर ७ का अध्यक्ष मोतीलाल राना,वडा न ८ का वडा अध्यक्ष जगुराम चौधरी, चैतन्य पाठशालाका पिटी ए ,अध्यक्ष ईश्वर गिरी रहेका थिए ।
कार्यक्रमा अभिभावक,चैतन्य पाठशालाका प्रिन्सिपल अशोक राज खाती बिद्यालयमा शिक्षक तथा शिक्षिका, विद्यार्थीहरुको सहभागीता रहेको थियो । भने कार्यक्रमको सञ्चालन शिक्षिका हेमा जोशीले गर्नु भएको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !