अत्तरिया । कैलालीको अत्तरियामा हिजोबाट सुरु भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज चर्चित गायिका शान्तिश्री परियार लगायतको प्रस्तुती रहने भएको छ ।
परियार अरेली काँडैले मलाई च्वास्सै च्वास्सै,बोल माया,गलबन्दी च्यातियो लगायतका चर्चित गीतहरुकी गायीका हुन् । त्यस्तै डेउडा गायक सुरेश चोखालको प्रस्तुती पनि आजै रहने भएको छ ।
चोखालले आइजा मेरी जसुली लगायतका चर्चित गीतहरु गाएका छन् । आयोजक अत्तरिया उद्योग वाणिज्य संघका कलासँस्कृति संयोजक रमेश भट्टराईका अनुसार अन्य ४ जना स्थानीय कलाकारको पनि प्रस्तुती रहनेछ ।
जस्मा कृष्ण विक,केशव फुलारा,डिबी निंरकारी र शुसिला कार्की रहेका छन् । लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था,बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् । महोत्सव माघ ७ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !