धनगढी । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई क्षेत्रका अधिकांश क्षेत्रमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभाग मौसम सफा रहने छ ।
तराई क्षेत्रका अधिकांश भागमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाइ यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !