काठमाडौ । पछिल्लो समयका चर्चित गायक दुर्गेश थापाले भोलीबाट शुरु हुन लागेको एसईईलाई ध्यानमा राख्दै सो अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका छन् । शिक्षा जीवको सबैभन्दा मूल्यवान सम्पत्ति भएको बताउँदै यो समय अध्ययनको समय भएको उनले बताएका छन् ।
धेरै मेला, महोत्सव तथा ईभेन्टबाट कार्यक्रमकालागी कल आईरहेको बताउँदै उनले भने, ‘यदि म कार्यक्रम गर्दै हिंडें भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ, ध्यान भंग गर्छ, अनि भविष्यमा असर पार्न सक्छ । जुनसुकै स्थानमा भए पनि, जति नै ठूलो मञ्चमा उभिए पनि, मेरो वास्तविक शक्ति मेरा दर्शक स्रोताको माया र विश्वास हो । मलाई कमब्याक गराउने, माया गर्ने, मसँगै हिँड्ने मेरा भगवानरूपी फ्यानहरू हुनुहुन्छ। हजुरहरुको हौसला, ऊर्जा, अनि साथले नै मलाई यो उचाइमा पुर्याएको हो । त्यसैले, जब हजुरहरूका लागि महत्वपूर्ण समय आउँछ, मेरो जिम्मेवारी पनि त्यति नै ठूलो हुन्छ ।’
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !