काठमाडौ । चालु आर्थिक वर्ष (२०८१/८२) को फागुनमा देशभर ४६ हजार ६१ संख्यामा घरजग्गा कारोबार भएको छ।भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकमा उक्त कारोबार भएको देखिएको छ ।
अघिल्लो महिनाको (माघ) तुलनामा फागुनको कारोबारमा कुनै बढोत्तरी छैन। कारोबार स्थिर जस्तै देखिएको छ । माघमा पनि देशभर ४६ हजार ६९ संख्यामा घरजग्गा कारोबार भएको थियो। यद्यपि कारोबार नबढेपनि राजस्व संकलनमा भने केही बृद्धि भएको छ ।
फागुनमा ४ अर्ब १२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो भनेको माघको तुलनामा ६.३९ प्रतिशतले बढी । माघमा घरजग्गा कारोबारबाट सरकारले तीन अर्ब ८७ करोड रुपैयाँ राजस्व उठाएको थियो । सेवा कर, रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा सरकारले घरजग्गा कारोबारबाट राजस्व उठाउँने गरेको छ ।
बैंक तथा वित्तिय संस्थामा निकै सस्तो ब्याजदर हुँदा समेत घरजग्गा कारोबार बढ्न सकेको छैन ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !