काठमाडौँ । आज फागुपूर्णिमा पहाडी जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाइँदैछ । फागुपूर्णिमाको दिन काठमाडौँ उपत्यकामा हुन सक्ने आवागमन र चहलपहललाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले उपत्यकाको ७५ स्थानमा चेकिंग गर्ने भएको छ । यदि नियम उल्लंघन गरेको पाइए सवारी साधन दिनभरी होल्ड गर्ने जनाएको छ ।
ट्राफिक प्रहरीले सम्भावित दुर्घटनालाई हेरेर आज बिहानैदेखि चेकिंगलाई तीब्रता दिएकोछ । काठमाडौँ ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार आज सवारी चालकहरुको मापसे, लापसे तथा सवारी अनुमति पत्र चेक जाँच हुने छ ।नियम उल्लंघन गरेर चलाइएका सवारी दिनभरी कब्जामा लिएर साँझ एकैचोटी जरिवाना पत्र काटेर मात्र छोडिने उनको भनाई छ । शंकास्पद लागेका सवारीका पछाडि मोबाइल भ्यान समेत परिचालन गरिनेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !