काठमाडौँ। लगातार सात दिनको गिरावटपछि बुधबार नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १७.२८ विन्दुले बढेर २७३६.४८ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.६३ प्रतिशतले बढेको हो ।
यस दिन नेप्सेका १३ वटा उपसमूहमा ११ उपसमूहको परिसूचक बढेका छन् भने बाँकि दुई उपसमूहका परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा लगानी उपसमूह रह्यो जसको परिसूचक १.७६ प्रतिशतले बढेको छ। त्यसै गरी आज सर्वाधिक घट्ने उपसमूहमा विकास बैंक उपसमूह रह्यो जसको परिसूचक ० . ३३ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक बढे पनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन आठ अर्ब ३९ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ७९ हजार दुई सय ३६ पटकको कारोबारमा आठ अर्ब २३ करोड बराबरको किनबेच भएको छ । जसमा १४४ कम्पनीका शेयर बढेका छन् भने ८९ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी ११ कम्पनीका शेयर स्थिर रहेका छन् ।
बुधबार सर्वाधिक बढ्ने स्टकमा पिपुल्स हाइड्रोपावर कम्पनी रह्यो जसको शेयर ९.७९ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्ने स्टकमा वेअन नेपाल लघुवित्त रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा माच्छापुच्छ्रे बैंकको प्रमोटर शेयर रह्यो जसको ८१ करोड ३६ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा पनि सोहि कम्पनीको शेयर रह्यो जसको ८१ लाख ३६ हजार कित्ता शेयर किनबेच भएको छ।
भोली होलीको बिदा रहेकोले शेयर बजार बन्द रहनेछ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !