काठमाडौँ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यससँगै नेप्सेको लगातार छ दिन गिरावट आएको छ। आज नेप्से परिसूचक २०.६८ विन्दुले घटेर २७५१.४२ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.७४ प्रतिशतले घटेको हो ।
यस दिन नेप्सेका १३ वटा उपसमूहमा अन्य उपसमूहको परिसूचक मात्रै ०.०८ प्रतिशतले बढेको छ भने बाँकि १२ उपसमूहका परिसूचक घटेका छन् । यस दिन सर्वाधिक घट्ने उपसमूहमा जीवन व्यापार उपसमूह रह्यो जसको परिसूचक १.६५ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक घटेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १० अर्ब ९ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ८७ हजार एक सय ५६ पटकको कारोबारमा आठ अर्ब ३३ करोड बराबरको किनबेच भएको छ । जसमा ४४ कम्पनीका शेयर बढेका छन् भने १९१ कम्पनीका शेयर घटेका छन् । त्यसै गरीआठ कम्पनीका शेयर स्थिर रहेका छन् ।
सोमबार सर्वाधिक बढ्ने स्टकमा नेस्ड़ो सम्वृद्धि लघुवित्त कम्पनी रह्यो जसको शेयर ९ . ९८ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्ने स्टकमा उपकार लघुवित्त रह्यो जसको ६ . ९८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा नेपाल रिइन्स्योरेन्स कम्पनी रह्यो जसको ७३ करोड ५० लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा घलेम्दी हाइड्रोपावर रह्यो जसको ११ लाख ६३ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !