काठमाडौँ । अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीले गिनिज बुक वर्ल्ड रेकर्ड राख्न सफल मेमोरी किंङ अर्पण शर्माको १ दिने मेमोरी पावर सेमिनार गरेको छ। नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा अनेरास्ववियु पूर्व अध्यक्ष माधव ढुङ्गेल प्रमुख अतिथी रहेको कार्यक्रममा जनप्रशासन क्याम्पसमा बिपिए, एमपिए अध्ययनरत करिब ४५० भन्दा बढि विद्यार्थीहरु उपस्थित थिए ।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा स्ववियु अध्यक्ष र सभापति अग्र बहादुर शाहीले यस प्रकारका एकेडमीक लगायत विद्यार्थीको सर्वाङ्गीण विकास हुने प्रकृतिका कार्यक्रम स्ववियु मार्फत गर्ने प्रयास गरेको बताए । उनले मुना युवा सांसद कार्यक्रम, मक टेस्ट, विज्ञ कक्षा, क्यालेन्डर प्रकाशन, पुराना प्रश्न पत्रहरुको संग्रह प्रकाशन निःशुल्क वितरण, विद्यार्थी सम्मान विदाई, वृक्षारोपण, खेलकुद, तिज लगायत विभिन्न कार्यक्रम गरेको धारणा राखे ।
कतिपय अवस्थामा कार्यक्रमका क्रममा स्ववियुकै अन्य संगठनका केही व्यक्तिहरुले अवरोध गरेकाले सम्झौता गर्नु परेको धारणा शाहीले राखे । उनले अगाडि भने, ‘कति कार्यक्रममा अपमानित हुँदा हुँदै, धाक धम्की सहेरै, अभद्र व्यवहार सहेरै पनि आम आदरणिय विद्यार्थी साथिहरुले गरेको अपार मायालाई सम्झिदै गर्यौ । यस बीचमा महसुस भयो सक्षम व्यक्ति नेतृत्व गर्न अग्रसर नहुने हो भने असक्षम व्यक्तिले सक्षम व्यक्तिमाथि मुर्खताका साथ शासन हुँदोरैछ, त्यसैले सक्षम साथिहरु अग्रसर हुन पनि जरुरी छ।’
स्ववियु अध्यक्ष अग्र बहादुर शाहीले आफूहरुको प्रमुख उद्देश्य विद्यार्थीहरूलाई उच्चस्तरीय शिक्षा प्रदानमा सहयोग गर्दै उनीहरूको सर्वाङ्गीण विकासमा टेवा पुर्याउनु , विद्यार्थीहरूको लक्ष्य प्राप्तिका लागि उचित परामर्श र सहयोग गर्नु , अनुशासन र मर्यादालाई प्राथमिकतामा राखेर गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण निर्माण गर्नु रहेको बताएका छन् ।
उनले आगामी दिनमा नेपालमा शिक्षक सेवा परीक्षामा सफलता प्राप्तिका लागि तयारी कक्षाहरू सञ्चालन गर्दै जाने, नेपालमा सार्वजनिक सेवा परीक्षामा सफलता प्राप्तिका लागि तयारी कक्षाहरू सञ्चालन गर्ने बताए । उनले भने, ‘अहिले अनलाइन कक्षाहरु सञ्चालन गरिरहेका छौँ, अव भौतिक रुपमै व्यवस्थित ढङ्गबाट सञ्चालन गर्नेछौ। विद्यार्थीहरुको सहजताको लागि हरेक शुक्रबार मक टेस्ट , लाइभ क्वीज कार्यक्रम, हाजिरी जबाफ, स्टाटिक्स का कक्षा, थेसिस लेखनका कक्षा, लोकसेवा लेखन सिपका कक्षा, विभिन्न विषय विशेषज्ञका कक्षा, सिम्याटका कक्षाहरु लगायत कार्यक्रम गरेका छौ ।’अब तत्काल अर्को वर्षको लागि विद्यार्थीको लागी निशुल्क लोकसेवा आयोग शाखा अधिकृतको कक्षा सुरु गर्छौ, मेमोरी पावरका प्याकेज निशुल्क गर्छौ अन्य आवश्यक कार्यक्रम छलफल गरेर गर्छौ।’ उनले अनेरास्ववियु विद्यार्थीहरुको सफलताको सहयात्री बनिरहने दाबी गरे ।
कार्यक्रम जनप्रशासन क्याम्पस कमिटी अध्यक्ष शंखर दुबेले समापन गरेका थिए। मेमोरी किंग अर्पण शर्माको प्रशिक्षणबाट विद्यार्थी निकै लाभान्वित बनेका थिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !