धनगढी । कैलालीको धनगढीमा बृहत लाइभ देउडा कार्यक्रम हुने भएको छ । शनिबार देउडा संस्कृति संरक्षण प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै पुष १५ को अवसर पारी आईतवार धनगढी रंगशालामा बृहत लाईभ देउडा गरिने जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेशको देउडा संस्कृति र मौलिकताको संरक्षण गर्ने उद्देश्यले लाइभ देउडाको आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलन गर्दै बताएको छ । लाइभ देउडा दोहारी कार्यक्रममा करिब २ हजार भन्दा बढी देउडा प्रेमीले देउडा खेल्ने अनुमान गरिएको देउडा संस्कृती संरक्षण प्रतिष्ठानका प्रदेश अध्यक्ष धुर्व बहादुर सिंहले बताए । उनका अनुसार करिब चार सय भन्दा बढी देउडियाहरुको उपस्थिती रहने छ ।
सुदुरपश्चिम प्रदेश सरकारका प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आथित्यता रहने प्रतिष्ठानका प्रदेश अध्यक्ष सिंहले बताए । सो कार्यक्रम गर्न विभिन्न १५ वटा विद्यालयहरुले आर्थिक सहयोग समेत गरेको देउडा संस्कृति संरक्षण प्रतिष्ठानका प्रदेश अध्यक्ष सिंहले बताए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !