काठमाडौ । अहिले कुलमान घिसिङको विषय निकै चर्चामा छ । यसैविच डा महावीर पुनले समाजिक सञ्जालमा स्टयाट्स लेख्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आगामी संघीय निर्वाचनमा उठेर आफुलाई दुःख दिने मन्त्रीलाई गुल्ट्याइदिन सुझाव दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पुनले भनेका छन्, ‘कुलमान घिसीङलाई ० नम्बर दिने सचिव र सहसचिवको टोलीलाई मैले (९९ अर्थात माइनस ९९ नम्बर दिन्छु। त्यसता बिबेकहिन कर्मचारीले देश डुवाउँछन् र नेताहरुलाई पंगु बनाउँछन। अनी आफुलाई दुख दिने मन्त्रीकै क्षेत्र बाट अब आउने संघीय चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्न कुलमान घिसिङलाई सुझाव दिन्छु।’
बिहिबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादनमा शुन्य अंक पाएको बारे संसदमा प्रष्टिकरण दिएका थिए । साथै उनले लोडसेडिङको अन्त्य कुलमानले नभई भारतले गरेको बताएका थिए । उक्त अभिव्यक्तिका कारण उर्जामन्त्री ट्रोल बनिरहेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !