धनगढी । ब्रिटिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीले धनगढीमा संचालन गरिरहेको उत्थानशिल जिविकोपार्जन कार्यक्रमको समापन गरिएको छ । सन् २०२१ देखि धनगढी उपमहानगरपालिका वडा नम्बर १३,१७ र १९ मा लागु गरिएको जिविकोपार्जन कार्यक्रमको शुक्रवार रुबस होटेलमा औपचारिक कार्यक्रमका वीच समापन गरिएको हो ।
रेडक्रसले संचालन गरेको जिविकोपार्जन कार्यक्रमबाट लाभग्राहीले एक बर्षमा १ करोड १८ लाख ३४ हजार आम्दानी गर्न सफल भएका थिए । रेडक्रसले धनगढीका तीन वडाबाट १५० जना लाभग्राही छनोट गरि प्रति लाभग्राही ४० हजारका दरले विभिन्न पेशा,व्यवसाय गर्न सहयोग गरेको थियो ।
सो कार्यक्रममा सहभागि १०१ जनाले बाख्रापालन,१८ जनाले बंगुर पालन,२ जनाले कुखुरा पालन,४ जनाले भैंसी पालन,२ जनाले तरकारी खेती र १५ जनाले व्यापार गरेका थिए । रेडक्रसले १५० जना लाभग्राही कुल ५७ लाख ३३ हजार लगानी गरेको थियो ।
कोभिड १९ को प्रभावबाट जिविकोपार्जन गुमाई आर्थिक समस्यामा परेका वडा नम्बर १३,१७ र १९ का अति संकटासन्न परिवारको जीविकोपार्जनमा सुधार गरि उत्थानशीलतामा वृद्धि गर्ने र भविष्यमा आउन सक्ने विपद र संकटका लाग थप उत्थान शील बनाउने उद्देश्यले रेडक्रसले कार्यक्रम संचालन गरेको कार्यक्रम संयोजन नरेन्द्र भटले बताए ।
उत्थानशील जिविकोपार्जन कार्यक्रम अन्र्तगत सबै लाभग्राहीलाई वित्तिय साक्षरता प्रशिक्षण प्रदान गरिएको थियो । किसानलाई बाख्रापालन,बंगुर पालन,बगरे खेती,भैँसीपालन ,प्राथमिक उपचार सम्बन्धि विशष बिशेषज्ञहरुबाट तालिम दिई उनीहरुको जीविकोपार्जनमा सहयोग गरिएको रेडक्रसले जनाएको छ । साथै सहभागि लाभग्राहीलाई बहस पैरवी,योजना तर्जुमा,बैकले दिने सेवा सुविधा लगायतका बिषयमा पनि तालिम दिइएको थियो ।
धनगढी १९ की लाभग्राही कलावती पार्कीले कोरोनाका कारण जीविकोपार्जनमा समस्या भइरहेको बेला रेडक्रसले संचालन गरेको यो कार्यक्रम मार्फत् ४० हजार सहित आवश्य ज्ञान र सिप पाउँदा जीविकोपार्जनमा सहयोग भएको बताइन् ।
उत्थान शिल जीविकोपार्जनका लाभलाभग्राहीले कार्यक्रमबाट सिकेर बाख्रापालन,कुखुरापालन , तरकारी खेती,आरन व्यवसाय,व्यापार गरि स्वरोजगार भएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !