काठमाडौ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीमा व्यापक हेरफेर गरेको छ । यो सँगै अब बैंक तथा वित्तीय संस्थाले डोमेस्टिक कार्ड स्किम अन्र्तगत एउटै ग्राहकलाई एकभन्दा बढी कार्ड जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले अब डोमेस्टिक कार्ड स्किम अन्तर्गत एकभन्दा बढी कार्डहरु जारी गर्दा बाधा नहुने बताएको छ । यसअघि प्राकृतिक व्यक्तिको एउटा खाताबाट एक भन्दा बढी कार्ड (पूरक कार्ड) जारी गर्न नपाइने व्यवस्था थियो ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले परिपत्र जारी गर्दैै ग्राहकले मोबाइल बैकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग प्रणाली सञ्चालन वा कारोबार गर्दा भिपिएन को प्रयोग गरे/नगरेको पहिचान गरी आधिकारिक भिपिएनको प्रयोग नभएमा एपमा लगइन गर्न नमिल्ने व्यवस्था मिलाउनुपर्ने भनेको छ । यो नयाँ व्यवस्था थप गरिएको हो । यस्तै अनुमतिपत्र प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था समेत) ले भुक्तानीसम्बन्धी कार्यका लागि प्रयोग हुने विभिन्न प्रणालीहरुको नियमित रुपमा डिसि-डिआर- ड्रिल गर्नुपर्नेछ । यसअघि यो व्यवस्था थिएन ।
कुनै पनि प्रणालीको डिसि डिआर ड्रिल कम्तीमा २ वर्षमा एक पटक गर्नुपर्नेछ । संस्थाले नेपाल सरकारको सूचना प्रविधि विभागले डाटा सेन्टरको रुपमा कार्य गर्न सूचिकृत गरेको संस्थासंग मात्र आफ्नो डाटा सेन्टर राख्न सक्नेछन् । अनुमतिपत्रप्राप्त संस्थाहरुले हाल कायम रहेको डाटा सेन्टर ‘डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१’ मा तोकिएको समयमा सूचिकृत भए/नभएको एकीन गर्नुपर्ने छ ।
अरु के के भए हेरफेर ?
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !