काठमाडौ । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले ग्यासको मूल्य बढेको भ्रममा नपर्न आव्हान गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत एल.पि. ग्यासको उपभोक्ता मुल्यमा कुनै फरक नपर्ने गरि यथाबत राखिएको जानकारी गराएका छन्। उद्योगीको ओभरहेड खर्च शीर्षकअन्तर्गत साविकको खर्चमा प्रतिसिलिण्डर १२ रुपैयाँ ७५ पैसा वृद्धि भएको रकमको भार उपभोक्ताको टाउकोमा नपर्ने जानकारी दिए ।
मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सहभागी वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की, नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट र नेपाल एलपि ग्यास उद्योग संघका पदाधिकारीबीच ओभरहेड खर्च शीर्षक वृद्धि गर्न सहमति जुटेको थियो । यससँगै ग्यास उद्योगीको आन्दोलन स्थगित भएको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !