काठमाडौं । ग्यास उद्योगीको आन्दोलन स्थगित भएको छ । सरकार र आन्दोलनरत ग्यास उद्योगीबीच पाँच बुँदे सहमति बनेसँगै आन्दोलन स्थगित भएको हो ।
मंगलबार नेपाल एलपि ग्यास उद्योग संघका पदाधिकारी र वाणिज्य तथा आपूर्ति सचिवस्तरको बैठकमा उद्योगीको ओभरहेड खर्च १२ रुपैयाँ ७५ पैसाले १२ रुपैयाँ ७५ पैसा प्रतिसिलिण्डर बढाउने लगायतका बुँदामा सहमति जुटेसँगै उपत्यकामा अभाव भएको ग्यास सहज आपूर्ति हुने भएको हो ।
नेपाल एलपी ग्यास उद्योग संघले आफ्ना मागहरु सम्बोधन हुने भएकाले नेपाल एलपी ग्यास उद्योग संघले हाल जारी राखेको विरोधका सम्पूर्ण कार्यक्रम आजदेखि फिर्ता लिने र आजदेखि नै सबै ग्यास उद्योगीले निगमबाट नियमित पीडीओ लिई एलपी ग्यास आपूर्ति सहज बनाउने उल्लेख गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !