काठमाडौँ। मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३०.३६ विन्दुले घटेर २८४६.३० अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.०५ प्रतिशतले घटेको हो ।
यस दिन नेप्सेका १३ वटा उपसमूहमा १३ वटै उपसमूहका परिसूचक घटेका छन् । यस दिन सर्वाधिक घट्ने उपसमूहमा उत्पादन तथा प्रशोधन उपसमूह रह्यो जसको परिसूचक २.२१ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक घटेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १४ अर्ब २८ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन एक लाख २२ हजार ३ सय ३६ पटकको कारोबारमा १२ अर्ब ९४ करोड बराबरको किनबेच भएको छ । जसमा ४१ कम्पनीका शेयर बढेका छन् भने १९८ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी पाँच कम्पनीका शेयर स्थिर रहेका छन् ।
मंगलबार सर्वाधिक बढ्ने स्टकमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्ने स्टकमा सिन्धु विकास बैंक रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स रह्यो जसको एक अर्ब ९ करोड बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा घलेम्दी हाइड्रोपावरको शेयर रह्यो जसको १३ लाख १७ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !