काठमाडौं । नेपाल टेलिकमले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। सोमबार, कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी ९अर्याल० र अभिनेत्री स्वस्तिमा खड्का बीच सम्झौतामा हस्ताक्षर भएको हो।
प्रबन्ध निर्देशक संगीता पहाडीले यस सहकार्यले कम्पनीको सेवा प्रवर्द्धन र बजारीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्। उनले भनिन्, “नेपाली चलचित्र क्षेत्रकी एक प्रतिष्ठित कलाकारसँगको साझेदारीले टेलिकमको सेवा र ग्राहकसम्पर्कलाई नयाँ उचाइमा पुर्याउनेछ।”
अर्कोतर्फ, स्वस्तिमा खड्काले नेपाल टेलिकमसँग जडानमा रहन पाउँदा खुशी व्यक्त गर्दै, यस अवसरलाई कम्पनीको हितमा काम गर्न र ब्रान्ड संरक्षणका लागि सक्रिय भूमिका निभाउने प्रतिबद्धता जनाइन्।
सम्झौताका अनुसार, स्वस्तिमा खड्का नेपाल टेलिकमका सेवाहरूको प्रचार(प्रसार, व्यापार प्रवर्द्धन, र ब्रान्ड संरक्षणमा प्रमुख भूमिका निर्वाह गर्नेछिन्।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !