काठमाडौं । एभरेष्ट बैंकले आजबाट ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ७.५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र–२०९१ नामक’ ऋणपत्र बिक्री खुला गरेको हो ।
जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाई ऋणपत्र बिक्री खुला गर्नेछ। बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरमा ३० लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट माघ १५ गते स्वीकृति पाएको थियो।
बैंकको कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।
१० वर्षे अवधि तथा वार्षिक ७.५० प्रतिशत ब्याजदर भएको यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन फागुन २१ गतेसम्म दिनुपर्नेछ । ऋणपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !