काठमाडौं । ऊर्जामन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तेस्रो पटक स्पष्टिकरण सोधेका छन् । सोमबार मन्त्रीपरिषद् बैठकमार्फत घिसिङलाई हटाउने सोच बनाएका मन्त्री खड्काले मन्त्रीपरिषद् बैठकबाट घिसिङलाई हटाउने सिग्नल नपाएपछि मंगलबार आफू नेतृत्वको बैठक बसेर २४ घण्टे स्पष्टिकरण माग गरेका हुन् । सरकारले दिएको निर्देशन नमानेको भन्दै उर्जामन्त्री खड्काले उनलाई यो सहित तेस्रो पटक स्पष्टिकरण सोधेका हुन् ।
त्यसो त उर्जामन्त्री दीपक खड्का आफैं पटकपटक जलविद्युतमा गलत पात्रलाई लाइसेन्स दिन उद्दत हुने गरी निर्णय गर्दा विवादित बनिरहेका छन् । चुपचाप काममा लागिरहेका कुलमानलाई आफू अनुकुलको निर्णयमा साथ नदिएको भन्दै बिथोल्न प्रयासरत छन् । यसअघि पनि उर्जामन्त्री खड्काले कार्यकारी निर्देशक घिसिङलाई पुस २२ र पुष २८ मा गरी दुई पटक स्पष्टिकरण सोधिसकेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !