काठमाडौं । सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अध्यक्ष पदका लागि ओझा सहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषद्मा सिफारिस भएको थियो । प्राधिकरण अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ । उनी यसअघि पत्रकारिता पेशामा थिए ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !