काठमाडौँ । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले फागुन १४ देखि १८ गतेसम्म काठमाडौँमा ‘बीवाईडी हाई–टेक वीक’ आयोजना गर्ने भएको छ । उक्त अवसरमा ४ वटा ब्रान्डसहित विभिन्न नयाँ प्रविधि प्रदर्शनी हुने कम्पनीले जनाएको छ ।
कार्यक्रममा बीवाईडीको सबैभन्दा लेटेस्ट प्लेटफर्म ‘ई–प्लेटफर्म ३।०’ शोकेस गरिनेछ । बीवाईडी, डेन्जा, याङवाङ र फाङचेन्ङबाओ गरि नयाँ ४ वटा ब्रान्ड पनि शोकेस गर्नेछ ।
कार्यक्रममा याङवाङ यु–८ प्लग इन हाइब्रिड समेत प्रदर्शन हुनेछ । डेन्जा डी–९ र शार्क पिकअप पनि कार्यक्रममा देखिनेछन् । यद्यपी, यी कुनैपनि गाडीहरु नेपाली बजारमा बिक्रीका लागि उपलब्ध भइसकेका छैनन् ।
एभरेष्ट होटलमा आयोजना हुने ‘बीवाईडी हाई–टेक वीक’मा नेपालमै पहिलो पटक प्रस्तुत हुँदै गरेका ईभी मोडलहरु पनि अनावरण गरिनेछ ।
साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठका अनुसार प्रदर्शनीमा सहभागी हुनेहरुले विभिन्न विशेष अफरहरू पनि प्राप्त गर्नेछन् । साथै, ईभीका विशेषज्ञहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने अवसर पनि पाउनेछन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !