काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सुर्खेत विरेन्द्रनगरमा रहेको स्टे होटल भ्याली छुट पाउने भएका छन् । सांग्रिला बैंक र सुर्खेतको विरेन्द्रनगरमा रहेको स्टे होटल भ्याली भ्यूबिच बैंकका ग्राहक र कर्मचारीलाई होटलको सेवामा छुट दिने सम्झौता भएको हो ।
यो सम्झौतापछि सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले स्टे होटल भ्याली भ्यूमा सांग्रिला डेभलपमेन्ट वैंकको डेविड कार्ड वा क्यूआर कोड मार्फत खाना, कोठा र बेभरेजको भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् भने बैंकका कर्मचारीलाई २० प्रतिशत छुट दिइने छ ।
छुट सम्बन्धि सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकको नेपालगञ्ज क्लस्टरका प्रमुख जयन्द्र बहादुर खड्का र स्टे होटल भ्याली भ्यूका म्यानेजिङ डाइरेक्टर तर्क बहादुर शाहीले आज फागुन ११ गते हस्ताक्षर गरेका हुन् । यो सम्झौताको अबधि दुई बर्ष तोकिएको छ । साग्रिला डेभलपमेन्ट बैंक हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैङ्किङ सेवा प्रवाह गर्दै आएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !