काठमाडौ । नेपाल माइक्रो इन्सुरेन्स लिमिटेडले आजबाट (फागुन ११) सर्वसाधारणका लागि आइपीओ बिक्रि खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर बिक्रि खुला गरेको हो । यो सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा खरिद गर्न पाइनेछ ।
नेपाल धितोपत्र बोर्ड २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न अनुमति दिएकोमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ भने ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।
सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै नबिकेमा भने फागुन २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !