काठमाडौं । मोबाइल वालेट ‘नेपाल पेटाइम’को इजाजतपत्र खारेज भएको छ । उसले सेवा प्रदायकको अनुमति नबिकरण नगरिएको केन्द्रिय बैंकले भनेको छ । नेपाल पेटाइमले भुक्तानी सेवा प्रदायकको रुपमा २०७६ भदौ १९ गते राष्ट्र बैंकबाट इजाजतपत्र लिएको थियो ।
लामो समयदेखि सेवा बन्द गरेको, वालेटको एप प्ले स्टोरमा नभेटिएको संस्थागत सुशासनमा कमजोर रहेको भन्दै यसको इजाजतपत्र राष्ट्र बैंकले खारेज गरिदिएको हो ।राष्ट्र बैंकले शुक्रबार एक सूचना सार्वजनिक गरेर कसैको लेनदेन भए ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न केन्द्रिय बैंकले भनेको छ ।
राष्ट्र बैंकले भुक्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा १३ (४) अनुसार नवीकरण नगरिएका व्यवहोरा सहितको सूचना सार्वजनिक गरेको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !