काठमाडौ । नेपालको निर्यात व्यापारमा चमत्कारिक सुधार देखिएको छ । चालु आर्थिक वर्षको सात महिनामा (माघ मसान्तसम्म) सवाँ १ खर्ब रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । माघ मसान्तसम्म १ खर्ब २७ अर्ब २० करोड रुपैयाँ बराबरको निर्यात भएको हो ।
गत वर्षको सोही अवधिको तुलनामा यो निर्यात ४६.५० प्रतिशतले बढी हो । गत वर्ष यस अवधिमा ८६ खर्ब ८३ करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको छ । सोयाविन तेल, सुर्यमुखी तेल र कार्पेट सबैभन्दा बढी निर्यात भएको छ ।निर्यात सँगै आयात पनि १० प्रतिशतले बढेको छ ।
सातमहिनासम्ममा आयात १०.०९ प्रतिशतले बढेर ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ पुगेको विभागले जनाएको छ । यस अवधिमा नेपालले कुल ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख २९ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १३.३० प्रतिशत धेरै हो । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ११.४० प्रतिशत र आयातको हिस्सा ८८.६० प्रतिशत रहेको छ ।
७ महिनामा सबैभन्दा धेरै डिजेल, कच्चा सोयबिन तेल र कच्चा बनस्पति तेल सबैभन्दा बढी आयात भएको देखिन्छ । पेट्रोलियम पदार्थको आयातमा ७ महिनाको अवधिमा १ खर्ब ७६ अर्ब रुपैयाँ विदेशिएको छ । फलाम तथा स्टीलको आयातमा ८० अर्ब ६६ करोड विदेशिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !