काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनले मनोनीत गरेका सबै अमेरिकी न्यायाधिवक्तालाई बर्खास्त गर्न निर्देशन दिएका छन् । ट्रम्पले सोसल प्लेटफर्ममा लाख्दै बर्खातिको निर्देशन दिएको जनाएका हुन् । उनले भनेका छन्, “विगत चार वर्षमा न्याय विभागको राजनीतिकरण भएको छ, जुन पहिले कहिल्यै भएको थिएन । त्यसैले मैले बाँकी रहेका सबै ’बाइडेन कालीन’ अमेरिकी महान्यायाधिवक्तालाई बर्खास्त गर्न निर्देशन दिएको छु ।”
उनले तुरुन्तै घर सफा गर्नुपर्ने र विश्वास पुनःस्थापित गर्नुपर्ने बताएका छन् । अमेरिकाको स्वर्ण युगमा निष्पक्ष न्याय प्रणाली हुनुपर्दछ र यो जुन आजबाट सुरु हुन्छ, उनले भनेका छन् । देशको ९४ संघीय जिल्ला अदालतहरु मध्ये दुई जिल्ला अदालतबाहेक सबै अदालतमा एक अमेरिकी वकील रहने व्यवस्था रहेको छ । यसरी त्यहाँ ९३ अमेरिकी न्यायाधिवक्ताहरु छन् । अमेरिकी वकिलहरु प्रत्येक जिल्लामा शीर्ष संघीय कानून प्रवर्तन अधिकारी हुन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !