काठमाडौ । देशको सबै स्थानीय तहमा बैंक पुगेको छ । गत माघ २८ गते एभरेष्ट बैंकको बझाङ साइपालमा शाखा पुगेसँगै ७५३ स्थानीय तहमै बैकिङ पहुँच पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा विस्तार गर्ने सरकारी लक्ष्य पुरा भएको छ । बाणिज्य बैंकको जम्मा शाखा ५ हजार ७८ पुगेको छ । विकास बैंक, वित्त कम्पनी र लघुवित्तको समेत गरी ११ हजार ५४५ शाखा पुगेको छ । यस आधारमा बैंक तथा वित्तीय संस्थाको प्रत्येक शाखाले औसतमा २ हजार ५२६ जनसंख्यालाई सेवा प्रदान गरिरहेको छ । यबैंक तथा वित्तीय संस्थाका शाखाहरूमार्फत बचत र कर्जाको कारोबारका साथै डिजिटल बैंकिङ जस्ता आधुनिक उपकरणमार्फत बैंकिङ सेवा प्रवाह भइरहेको छ ।
देशमा वित्तीय पहुँच अभिवृद्धि गर्दै सुदृढ, समावेशी र दिगो बैंकिङ प्रणाली निर्माण गर्ने आफुहरुको लक्ष्य पुरा भएको केन्द्रिय बैंकले जनाएको छ ।नेपाल राष्ट्र बैंकले मुलुक संघीयतामा गएपछि २०७५साल असार महिनासम्ममा सबै ७५३ स्थानीय तहमा ‘क’ वर्गको बैंक पुर्याउने घोषणा गरेको थियो । तर सकेको थिएन । यसअघि वाणिज्य बैंकहरुले भौगोलिक विकटताका कारण सबै स्थानीय तहमा बैंकका शाखा पुग्न कठिनाइ भएको बताइरहेका थिए । २०७५असार मसान्तभित्रै सबै स्थानीय तहमा शाखा खोल्न राष्ट्र बैंकले दिएको निर्देशनअनुसार वाणिज्य बैंकहरु राजी भए पनि भौगोलिक विकटताका कारण सम्भव भएको थिएन ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !