काठमाडौ । सेयर बजारमा सोमबार उत्साह देखिएको छ । नेप्से सुचकसँगै कारोबार रकममा पनि बढोत्तरी भएको छ । कारोबार रकम आधा महिनापछि १० अर्ब नाघेको छ । यसअघि माघ २१ गते ११ अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो त्यसपछि भने आजै कारोबारले १० अर्ब नाघेको हो । सोमबार सूचक २९.८७ विन्दुले बढेर नेप्से सूचक २७२७.९१ अंकमा आएको छ । यस दिन ६ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
१३ मध्ये १० वटा समूहका सूचक बढेका छन् । वाणिज्य बैंक समूह २.१६ प्रतिशतले बढेको छ । सोमबार विशेषगरी वाणिज्य बैंकसँगै बिमा कम्पनीहरुमा पनि वृद्धि देखिएको छ ।
सोमबार विन नेपाल लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य एक कित्तामै २९७.६० रुपैयाँले बढेको छ भने गुराँस लघुवित्त वित्तिय संस्थाको २६१.९० रुपैयाँले बढेको छ । यो सँगै विन नेपालको एक कित्ताको सेयर मूल्य ३ हजार २७३.६० रुपैयाँ पुगेको छ भने गुराँसको २ हजार ८ सय ८१ रुपैयाँ पुगेको छ । यता कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य २४८ रुपैयाँले बढेर २ हजार ७२८ रुपैयाँ पुगेको छ । एक्सेल डेभलपमेन्ट बैंकको ७६.२० रुपैयाँले मूल्य बढेर ८ सय ३८.२० रुपैयाँ पुगेको छ । गार्डियन माइक्रोलाइफ सेयर मूल्य ५३३० रुपैयाँले बढेर ५८६.३० रुपैयाँ प्रतिसेयर मूल्य पुगेको छ । यस्तै दिव्यश्वरी हाइड्रोपावरको ३५७.५० रुपैयाँ पुगेको छ । यसको सेयर मूल्य सोमबार ३२ रुपैयाँ ५० पैसाले बढेको हो । यी ६ वटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।
सोमबार ३०२ कम्पनीको १ करोड ८० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !