काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रमा एकैदिनमा सस्तता नआएकोले त्यसको समाधान पनि एकै दिनमा नहुँने बताएका छन् । देखिएको चुनौतीहरुको समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधि सभामा आइतबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले अर्थतन्त्र सुधारका लागि गम्भीर भएर काम गरेको बताए ।
आफू नेतृत्वको सरकार आएपछि अर्थतन्त्रको सुधारको लागि गम्भीर भएर काम गरिरहेको र सुधारका नतिजा देखिन थालेको उनले दाबी गरे । उनले अघिल्लो सरकारलाई व्यङ्ग्य गर्दै असारमा धान नरोपेपछि नै हो मंसीरमा धान नफलेको बताए । अघिल्लो सरकारका नीति, खर्चका प्राथमिकतालाई अलग्गै राखेर अहिले अर्थतन्त्र सुध्रेन भन्नु राम्रो हुँदैन । तर, अहिले हामी कानुनमा भएका अप्ठ्याराहरुलाई पनि हटाएर अर्थतन्त्रलाई सुधार्ने, लगानीको वातावरण बनाउने, उत्पादन बढाउने काम गरिरहेका छौं, हाम्रो देशको सार्वभौम साख मूल्यांकन आएको छ, उनले भने ’ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !