काठमाडौं । २० लाख आन्तरिक र वाह्य पर्यटक भित्र्याउने लक्ष्य राख्दै शनिबार अपराह्न कास्कीस्थित पोखराको प्रदर्शनी केन्द्रमा ‘पोखरा भ्रमण वर्ष’ घोषणा समारोह हुँदै थियो ।समारोह उदघाटन र भ्रमण वर्ष घोषणा कार्यक्रमका प्रमुख अतिथी थिए, नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल । पौडेललाई भ्रमण वर्ष आयोजक पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सघाउँदै थिए ।उद्घोषककै आग्रहमा अर्थमन्त्री पौडेल र मेयर आचार्य मञ्चको अगाडि उभिएर भ्रमण वर्ष उद्घाटन र लोगो अनावरण गर्न खोज्दै थिए ।
प्रविधिको नाममा स्टेजमा जताततै आगोको लप्का छाड्ने ‘फायर मेसिन’ चलाइएको थियो । त्यसैको नजिक अत्ति प्रज्वलनशील हाइड्रोजन ग्यास भरिएको बेलुनको दुई ठूला झुप्पा नचाइँदै थियो । फायर मेसिनले फालिरहेको आगोको झिल्का र त्यसै नजिक नचाइँदै गरिएको हाइड्रोजन बेलुनका झुप्पा घर्षण हुँदा आगो बलेको थियो ।
मञ्चभन्दा तल रहेका सहयोगीले मन्त्री पौडेल र मेयर आचार्यलाई अति–प्रज्वलनशील हाइड्रोजन भरिएको बेलुको एक–एक झुप्पा दिए । मन्त्री र मेयर उभिएको मञ्चको दायाँ–बायाँ, अघि–पछि चारैतिर फायर मेसिन राख्दा घट्ना भएको अनुमान गरिएको छ ।भ्रमण वर्षको लोगो झुण्ड्याएर आकाशतिर उडाउन मन्त्री र मेयरले हातमा लिएको हाइड्रोजनले भरिएको बेलुन बिस्फोट भएपछि कार्यक्रम स्थलमा होहल्ला भएको थियो । मन्त्री पौडेल र मेयर आचार्यको अनुहारमै तीव्र गतिको ठूलो ज्वाला परेको थियो ।
विज्ञान र प्रविधिले निम्त्याउन सक्ने जोखिमका बारेमा ख्याल नगर्दा साथै सुरक्षा असावधानीयुक्त मञ्चका कारण मन्त्री र मेयरलगायत अन्य व्यक्तिहरु घाइते भएका थिए ।आगोको ज्वालाबाट घाइते मेयर आचार्यलाई सुरक्षाकर्मी समेतले उद्दार गरी पोखरास्थित फिस्टेल अस्पताल पु¥याएका थिए । अनुहार र हात जलेर घाइते भएका उपप्रधानमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पुर्याइएको थियो ।पोखरामा प्राथमिक उपचार गरेका चिकित्सकहरूले दुबैलाई तुरुन्त बर्न अस्पतालमा पुग्न सुझाए । फिस्टेल एअरको हेलिकोप्टरमा राखेर दुबै जनालाई कीर्तिपुरमा उपचार भइरहेको छ ।
चिकित्सकहरुका अनुसार आगोले छाला पोल्ने बित्तिकै समयमै उपचार गरे ठिक हुने तर उपचारमा ढिलाई गरे छालामा दाग बस्ने, संक्रमण हुने र बिरामीको मृत्युसमेत हुनसक्छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !