काठमाडौँ । चीन नेपाल कूटनीतिक सम्वन्ध स्थापनाको ७० औँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा चुनमियाओ एक्रोबेटिक ट्रुप्सले सिचुवान ओपेरा ट्रुप्स सुइनिङले आकर्षक एक्रोब्याट्स तथा नृत्य कला प्रदर्शन गरेका थिए । कार्यक्रममा नेपालका लागि चीनका राजदूताबासका कर्मचारीहरु,व्यवसायीहरु र पत्रकारहको उपस्थिती रहेको थियो । हिमाल र नदीहरुसँगको सीमाबाट जोडिएको चीन नेपालबीचको दौत्य सम्वन्ध अविरल र अविचलित रहँदै आएको छ ।दुई देशबीचको कला र संस्कृतिको दुवै देशले सम्मान गर्दै आइरहेको छ ।
एक्रोब्याट्स तथा नृत्य कला प्रदर्शनका केही झलकहरु हेरौं –
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !