काठमाडौ । बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन ६७ खर्ब नाघेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार एकैदिनमा ४ खर्ब रुपैयाँले निक्षेप बढेको देखिएको छ । अघिल्लो दिन ६७ अर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा एकैदिनमा ४ अर्बले बढेर ६७ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । बाणिज्य बैंकमा मात्र निक्षेप करिब ६० खर्ब पुगेको छ ।
यस्तै कर्जा प्रवाहमा सुधार देखिएको छ । कर्जा प्रवाह पनि एकैदिनमा ४ अर्ब रुपैयाँले बढेको छ । पछिल्लो समय कर्जा प्रवाह ५९ खर्ब ९९ अर्ब रुपैयाँ भएको छ । बैकिङ प्रणालीमा सिडि रेसियो (कर्जा निक्षेप अनुपात) ८० प्रतिशत नजिक छ । बैंकहरुमा अत्यधिक लगानीयोग्य रकम भएकै कारण केही समय अघिसम्म सिडि रेसियो ७४/७५ प्रतिशत थियो । अहिले करिब ८० प्रतिशत पुग्नुले पनि बैकिङ प्रणालीबाट कर्जा प्रवाहमा सुधार हुन थालेको देखाउँछ । यस्तै एक बैंकले अर्को बैंकसँग गर्ने कारोबार ( इन्टरबैंक कारोबार) पनि ३ प्रतिशत छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !