काठमाडौँ। बुधबार नेप्से परिसूचक एकल अंकले बढेको छ । आज नेप्से परिसूचक १.८६ विन्दुले बढेर २६८५.७३ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.०६ प्रतिशतले बढेको हो ।
यस दिन नेप्सेका चार उपसमूहका परिसूचक बढेका छन् भने बाँकि नौ उपसमूहको परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक १.५६ प्रतिशतले बढेको छ भने यस दिन सर्वाधिक घट्ने उपसमूहमा व्यापार उपसमूह रह्यो जसको परिसूचक ०.९५ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक बढेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन सात अर्ब २४ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २९९ स्टकको ८२ हजार ८ सय ५० पटकको कारोबारमा आठ अर्ब ७१ करोड बराबरको किनबेच भएको छ । जसमा १३४ कम्पनीका शेयर बढेका छन् भने ९९ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी ११ कम्पनीका शेयर स्थिर रहेका छन् ।
मङ्गलबार सर्वाधिक बढ्नेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा उपकार लघुवित्त, सुपर मादी हाइड्रोपावर रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड देभ्लापमेन्ट रह्यो जसको ३९ करोड ६० लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा सनराइज फ़ोकस्ड इक्विटी फण्ड रह्यो जसको पाँच लाख १४ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !