काठमाडौँ। यस साताको दोस्रो कारोबार दिन पनि नेप्सेले गिरावटलाई नै निरन्तरता दिएको छ । आज नेप्से परिसूचक १०.९८ विन्दुले घटेर २६७७.३२ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.४० प्रतिशतले घटेको हो ।
यस दिन नेप्सेका दुई उपसमूहका परिसूचक बढेका छन् भने बाँकि ११ उपसमूहकिआ परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा अन्य उपसमूह रह्यो जसको परिसूचक ०.३५ प्रतिशतले बढेको छ भने यस दिन सर्वाधिक घट्ने उपसमूहमा उत्पादन तथा प्रशोधन उपसमूह रह्यो जसको परिसूचक २.०७ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक घटेसंगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन आठ अर्ब ३९ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ७४ हजार आठ सय ६४ पटकको कारोबारमा छ अर्ब ९६ करोड बराबरको किनबेच भएको छ । जसमा ७७ कम्पनीका शेयर बढेका छन् भने १६१ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी छ कम्पनीका शेयर स्थिर रहेका छन् ।
सोमबार सर्वाधिक बढ्नेमा न्यादी हाइड्रोपावर र गर्डियन माइक्रो फाइनान्स रह्यो जसको शेयर दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा बोटलर्स नेपाल तराई र उपकार लघुवित्त रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा नेपाल रिपब्लिक मिडिया रह्यो जसको २४ करोड ४४ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा सनराइज ब्लुचिप फण्ड रह्यो जसको दश लाख १३ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !