काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नाफा ३।४९ प्रतिशतले बढेको छ ।
गत आवमा १७ करोड ६४ लाख रुपियाँ नाफा आर्जन गरेको कम्पनीले समीक्षा अवधिमा १८ करोड २५ लाख रुपियाँ नाफा आर्जन गरेको हो । पुस मसान्तसम्म कम्पनीको कुल आम्दानी २ अर्ब ९७ करोड रुपियाँ पुगेको छ, जुन गत आवको सोही अवधिमा २ अर्ब ६० करोड रुपियाँ थियो ।
त्यसैगरी कम्पनीले २ अर्ब २६ करोड रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने यस्तो आम्दानी १ अर्ब ९९ करोड रुपियाँ थियो ।
समीक्षा अवधिमा ४ अर्ब ७५ करोड रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ७.७३ रुपियाँ र प्रतिशेयर नेटवर्थ ११९.६४ रुपियाँ रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !