काठमाडौँ । गायिका एलिना चौहान गीत गाउँदा गाउँदै भावुक भएर रोएकी छिन् । कञ्चनपुरमा आयोजित सुदुरपश्चिम कृषि पर्यटन महोत्सवमा गीत गाउने क्रममा एलिना भावुक बनेकी हुन् । ‘धोकबाज हौ तिमी ‘भन्ने गीत गाउँदै गर्दा उनी स्टेजमा भावुक बन्दै एकछिन् टक्क अडिएकी थिइन् । आफूलाई असहज महसुश भए पछि उनी स्टेजको पछाडी फर्किएर आँशु पुछ्दै सम्हालिएकी थिइन् ।
चौहानले गतसाता मात्र पति विष्णु सापकोटा विरुद्ध काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी छिन् । प्रेम विवाह गरेकी एलिनाको सम्वन्धमा दरार उत्पन्न भएपछि महिनामै सम्वन्ध बिच्छेद गराएको बताउँदै आएकी छिन् ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !