काठमाडौँ। आज पनि स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । बिहिबार सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा खरिद बिक्रि भईरहेको छ । हिजो छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला केहि दिनदेखि सुनको मूल्य उच्च दरमा वृद्धि भईरहेको छ ।
त्यसै गरी आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतीतोला एक हजार ९८० रुपैयाँमा किनबेच भइरहेको छ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !