काठमाडौ । जानकी मन्दिर हिन्दुधर्मावलम्बीहरुको पवित्र हिन्दु धर्मस्थल हो। जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ। यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो। हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ।
जानकी मन्दिरको अवस्था हेर्दा यसमा तीनै तहको सरकारको त्यति ध्यान जान नसकेको जस्तो देखिन्छ । विश्व सम्पदा सूचीमा जानकी मन्दिरलाई सूचीकृत गर्न विभिन्न समयमा पहल हुने गरेका छ । धार्मिक र सास्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरको रुपमा रहेको जानकी मन्दिर अहिलेको अवस्था तस्बिरमार्फत देखाउने प्रयास गरेका छौ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !