काठमाडौ । बैंकिङ प्रणालीमा अधिक तरलता भएर नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण बोलकबोल मार्फत खिच्नेक्रमलाइ जारी राखेको छ । आजैमात्र बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ केन्द्रिय बैंकले उठाउँन लागेको छ । निक्षेप संकलन उपकरणमा भाग लिन चाहने बैंक तथा वित्तिय संस्थाले दिउँसो २ बजेसम्म बोलकबोलमा भाग लिन सक्नेछन् । यो निक्षेप फागुन ६ गते परिपक्क हुनेछ ।
घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिनेछ । अन्य बैंक तथा वित्तीय संस्थामा धितोकोरुपमा समेत उक्त निक्षेप प्रयोग गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंकतथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनकोबोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !