काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।
आज छापावाला सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो छापावाला सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य यस दिन प्रतितोला १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा किनबेच भएको थियो ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !