काठमाडौं । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले सरकार यति खेर राजश्व संकलनको हिसावले चापमा रहेको बताएका छन् । ७३ औं भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले उनले यसपाली लक्ष्य अनुसार भन्सार उठाउन सकिने अवस्था रहेको र त्यसमा कर्मचारीहरुले इमानदारीपूर्वक काम गर्नुपर्नेमा पनि जोड दिएका हुन् । ‘यसपाली लक्ष्य अनुसार भन्सार उठाउन सकिने अवस्था देखिन्छ तर त्यसमा कर्मचारीहरुले इमानदारीपूर्वक काम गर्नुपर्ने छ,’उनले भने ‘भन्सारको राजश्व संकलन लक्ष्य कुनै पनि हालतमा पुरा हुनु पर्छ ।
विगतको तुलनामा धेरै कर उठाइयो भनेर मात्रै हुदैँन । यसपालीको लक्ष्य अनुसार भन्सार महशुल उठ्नुपर्छ ।’ मन्त्री पौडेलले भने । उनले अध्यादेशहरुका कारण निजी क्षेत्रमा उत्साह जागेको दावी गर्दै यो सुधारको प्रयास मात्रै भएको र अझै ठूला सुधारहरु गर्दै जाने बताए । ‘निजी क्षेत्रका साथिहरुले अध्यादेशको स्वागत गरिरहनु भएको छ । म भन्न चाहन्छु, यो निजि छेत्रको लागि गरेको अन्तिम प्रयास होइन । यो सुरुवात मात्रै हो ।’
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !