काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा निर्जीवन बीमा कम्पनीहरूले २१ अर्ब ३० करोड रुपैयाँ बराबरको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार सञ्चालनमा रहेको १४ निर्जीवन बीमा कम्पनी र चारवटा लघुबीमा कम्पनी समेत गरी सो बराबरको बीमाशुल्क सङ्कलन गरेका हुन् । यो अघिल्लो आर्थिक वर्षको पुससम्मको बीमाशुल्कको तुलनामा ९.६० प्रतिशत बढी हो ।
यसमध्ये शिखर इन्स्योरेन्सले २ अर्ब ५९ करोड, सगरमाथा २ अर्ब ५५ करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स २ अर्ब १३ करोड, आईजीआई प्रुडेन्सियल १ अर्ब ७३ करोड, हिमालयन एभरेस्ट १ अर्ब ७१ करोड, नेको इन्स्योरेन्स १ अर्ब ६६ करोड, एनएलजी इन्स्योरेन्स १ अर्ब ४० करोड, ओरियन्टल इन्स्योरेन्स १ अर्ब ३४ करोड, युनाइटेड १ अर्ब २० करोड, सानिमा जीआईसीले १ अर्ब १९ करोड रुपैयाँ सङ्कलन गरेका छन् ।
त्यस्तै नेपाल इन्स्योरेन्स १ अर्ब ९ करोड, प्रभु इन्स्योरेन्स ९० करोड ३९ लाख, राष्ट्रिय बीमा कम्पनी ७१ करोड २१ लाख, नेशनल इन्स्योरेन्सले ६२ करोड १९ लाख बीमाशुल्क संकन गरेका छन् । लघुबीमा कम्पनीहरुमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले १२ करोड ४१ लाख, प्रोएक्टिभ इन्स्योरेन्सले १० करोड ३५ लाख, स्टार माइक्रो इन्स्योरेन्सले ९ करोड ८२ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ९ करोड ६८ लाख रुपैयाँ सङ्कलन गरेका छन् ।
पुस महिनाको अवधिसम्म नेपाल इन्स्योरेन्सले ४५.७१ प्रतिशत, ओरियन्टल इन्स्योरेन्सले ४३.८९ प्रतिशतको उच्च वृद्धि हासिल गरेका छन् । त्यस्तै, एनएलजी इन्स्योरेन्सले १२ प्रतिशतको वृद्धिसहित दोहोरो अंकको वृद्धिदर हासिल गरेको छ । यो अवधिमा बाँकी १० कम्पनीको वृद्धिदर एकल अंकमा हुँदा दुई कम्पनीको व्यापार भने अघिल्लो वर्षको ६ महिनाको अवधिको तुलनामा घटेको देखिन्छ ।
सिद्धार्थ प्रिमियरको ८.३८ प्रतिशत, शिखर इन्स्योरेन्सको ५.६९ प्रतिशत, आईजीआई प्रुडेन्सियलको ४.५७ प्रतिशत, सानिमा जीआईसीको ३.७३ प्रतिशत, नेको इन्स्योरेन्सको ३.२३ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको २.७० प्रतिशत, हिमालय एभरेस्ट इन्स्योरेन्सको २.४४ प्रतिशत तथा नेशनल इन्स्योरेन्सको १.०४ प्रतिशत वृद्धि देखिएको छ । नकारात्मक वृद्धिदर भएका दुई कम्पनीमध्ये प्रभु इन्स्योरेन्सको ६.७९ प्रतिशत र युनाइटेड अजोडको ७.८६ प्रतिशत बराबरको बीमा प्रिमियम गिरावट देखिएको छ ।
यर्सैगरी माइक्रो इन्स्योरेस्को वृद्धिदर भने उच्च देखिएको छ । अघिल्लो वर्षदेखि मात्रै सञ्चालनमा आएको र त्यो वर्ष पूर्वाधारका कारण धेरै प्रिमियम सङ्कलन गर्न नसकेका कम्पनीहरुको यो वर्षको वृद्धि उच्च देखिएको हो । यसमध्ये स्टार माइक्रो इन्स्येरेन्सको १९.५१ गुणा, प्रोएक्टिभ इन्स्योरेन्सको ५.२७ गुणा तथा नेपाल माइक्रो इन्स्योरेन्सको ४.२२ गुणा वृद्धिदर देखिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !