काठमाडौँ । २ गिगावाटभन्दा बढी सौर्य क्षमता प्रदान गर्ने ट्र्याक रेकर्ड भएको भारतको सबैभन्दा ठूलो सौर्य इपिसि कम्पनी प्रोजिल ग्रिन इनर्जीले नेपालमा नवीकरणीय ऊर्जा क्रान्तिमा नेतृत्वदायी भूमिका खेल्न तयार भएको छ। प्रोजिल ग्रिन इनर्जी र गोल्याण पावर लिमिटेड, बीचको संयुक्त उपक्रम प्रोजिल ग्रिनइनर्जी नेपालू बुधबार काठमाडौंमा आयोजित प्रोजल ग्रिन इनर्जी शिखर सम्मेलनमा औपचारिक रूपमा सुरु गरिएको छ।
कार्यक्रममा विशेष अतिथि रहेका विद्युत नियमन आयोगका अध्यक्ष डा.रामप्रसाद धितालले सरकारले नवीकरणीय ऊर्जाका परियोजनाहरूलाई अगाडि बढाउनकालागि विभिन्न नीतिहरू ल्याइरहेको बताए । उनले नियामक निकायको हैसियतले विद्युत नियमन आयोगले पनि नयाँ नयाँ नीतिहरूमा काम गरिरहेको र यसक्षेत्रलाई थप अगाडि बढाउनका लागि सधैं तत्पर रहेको बताए ।
उनले भने, सरकार नवीकरणीय ऊर्जाका क्षेत्रमा साथै निजी क्षेत्रलाई सहयोग गर्नका लागि सधैं तत्पर रहेको छ । तपाईंहरूले लगानी बढाउँदै जानुहुन्छ भन्नेविश्वास छ ।
कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले गोल्यान समूहले ५ सय मेगावाट विद्युत उत्पादन गर्ने भन्ने समाचार आउँदा निकै उत्साहित बनेको बताए । ‘हामीले चाहेमा र सरकारले बाटो खुला गरिदिएमा अर्कौ वर्षमा १००० मेगावाट ऊर्जा उत्पादन गर्न सक्छौँ ,’ उनले भने ।
अहिले ८ सय मेगावाटको टेण्डर भइसकेपनि त्यो कहाँ छ भन्ने थाहा नभएको गुनासो उनले गरे । मुद्धामामिलाका कारण यसमा धेरै समस्या सिर्जना भएको भन्दै उनले सरकारलाई र मन्त्रीलाई पनि आफूहरूले यस्ता समस्या हटाएर स्पष्ट भिजन सहित अगाडि बढ्न सुझाइ रहेको बताए । उनले सोलार ऊर्जाालाई कसरी अगाडि बढाउने भन्ने कुरा अझै प्रष्ट नभइसकेकाले यसमा स्पष्ट भिजन बनाउनुपर्नेमा जोड दिए ।
विद्युत विधेयक बन्दै गरेको विद्युत विधेयकमा सौर्य ऊर्जाको विषय नसमेटिएकाले त्यसलाई समेट्नुपर्नेमा उनको जोड थियो । उनले भने, विधेयक हरेक वर्ष परिर्वनगर्ने कुरा हुँदैन । त्यसकारण अहिले विधेयक बनाउँदै गर्दा यसमा विचार पुर्याउनुपर्छ । विधेयक बनाउँदै गर्दा पहिले लाइसेन्स ५० वर्षको हुने र त्यसपछिहस्तान्तरण गरिने स्पष्ट व्यवस्था भएपनि अहलिे ३५ वर्षको कुरा आउनु उचित नभएको उनले बताए ।
सोलारको विकास गर्दै जाँदा विधेयकमा यसलाई समेटिनुपर्नेमा सबै सरोकारवालाको एकमत हुनुपर्नेमा कार्कीको जोड छ । सोलार ऊर्जामा लाखौँ जनताकोलगानी हुने भन्दै सरकारले त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिए । साथै अहिले सरकार सकारात्मक रहेको बताउँदै सरकारले विधेयकमा यसलाई समेटेर अगाडिबढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सोपानका अध्यक्ष डा।.सन्दीप शाहले ऊर्जाको विकासमा सौर्य ऊर्जाको भूमिका उल्लेख्यनीय हुने बताए । उनले नेपालका केही क्षेत्रहरू सोलार ऊर्जाउत्पादनका लागि निकै उपयुक्त रहेको समेत बताए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !