काठमाडौं । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ उठाउँदैछ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनको लागि निक्षेप बोलकबोल गरी उक्त रकम उठाउँन लागेको हो । यसका लागि आज अपराह्न २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यसको साँवा ब्याज भुक्तानी माघ ३० गते हुनेछ । घटीमा १० करोड रुपैया र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेषभाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिनेछ ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !