काठमाडौँ । शेयर बजारमा बढी चर्चामा आइरहने नेपाल फाइनान्स कम्पनीको नाफा राम्रो अंकका साथ वृद्धि भएको छ । चालु आवको दोस्रो त्रैमासमा नेपाल फाइनान्सले २ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको भन्दा २४२५.१२ प्रतिशतले धेरै हो। गत वर्ष यसले ८ लाख १२ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो।
कम्पनीको रिजर्भ कोषमा ४८ करोड २१४ लाख रुपैयाँ रहेको छ भने खराब कर्जा पनि १०.५२ प्रतिशतबाट घटेर १०.४६ प्रतिशत भएको छ। कम्पनीको प्रतिसेयर आम्दानी २२ पैसाबाट बढेर ५.६२ रुपैयाँ कायम भएको छ। त्यस्तै प्रतिसेयर नेटवर्थ १३७.०७ रुपैयाँ रहेको छ।
ट्रेन्डिङ
ट्रेन्डिङ
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !