काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई खेलाडी सम्झौताको आचारसंहिता विरुद्ध गएर सामाजिक सञ्जालमा रेफ्रीको आलोचना गरेको भन्दै घरेलु प्रतियोगिताको एक खेल प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
उनले जय ट्रफीका दौरान गत १० जनवरीमा नेपाली अम्पायरहरूले अझै राम्रो अम्पायरिङ गर्न नसकेको र सम्बन्धित निकायले अम्पायरहरूलाई पनि अझै राम्रो ट्रेनिङ गराउनु पर्ने भन्दै सामाजिक सञ्जालमा रेफ्रीसँगको असन्तुष्टि पोख्दै स्टाटस लेखेका थिए।
क्यानका प्रवक्ता छुम्बी लामाले भने, ‘क्यान या अम्पायरविरुद्ध सामाजिक सञ्जालमा लेख्नु आचारसंहिता विपरित कार्य हो। भएको र क्यानको नियामावली अनुसार उनलाई घरेलु एक खेल खेल्न नदिने निर्णय भएको हो।’
जय ट्रफीका दौरान म्याच अम्पायर र प्राविधिक समितिले सन्दीपले अनुशासन उल्लङ्घन गरेको भन्दै उनलाई तीन डिमेरिट अंक दिएका थिए। त्यसमा उनले असन्तुष्टि जनाएका थिए।
नियमअनुसार अम्पायरको निर्णय चित्त नबुझे लामिछानेले क्यान र टेक्निकल कमिटीमा अपिल गर्न पाउनले व्यवस्था हुँदा हुँदै सामाजिक सञ्जालमा लेखेकाले कारबाही गरिएको क्यानले जनाएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !