काठमाडौँ। मंगलबार नेप्से एकल अङ्कले बढेको छ । आज नेप्से परिसूचक ५ .०८ अङ्कले बढेर २६१३.०८ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.१९ प्रतिशतले बढेको हो ।
यस दिन नेप्सेका आठ वटा उपसमूहका परिसूचक बढेका छन् भने बाँकि पाँच उपसमूहका परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्ने उपसमूहमा अन्य उपसमूह रह्यो जसको परिसूचक २.७९ प्रतिशतले बढेको छ। त्यसै गरी सर्वाधिक घट्ने उपसमूहमा व्यापार उपसमूह रह्यो जसको परिसूचक २.१० प्रतिशतले घटेको छ।
नेप्से परिसूचक बढेसँगै कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन छ अर्ब ५७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ६९ हजार आठ सय ४० पटकको कारोबारमा छ अर्ब १९ करोड रुपैयाँ बराबरको किनबेच भएको छ । जसमा १०६ कम्पनीका शेयर बढेका छन् भने १२९ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी आठ कम्पनीका शेयर भने स्थिर रहेका छन् ।
मंगलबार सर्वाधिक बढ्नेमा मन्दाकिनी हाइड्रोपावर रह्यो जसको शेयर सर्वाधिक दश प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा रिभर फल्स पावर लिमिटेड रह्यो जसको शेयर ८.९६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा सीइडिबि होल्डीङ्स रह्यो जसको २३ करोड ७६ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा प्रभु सेलेक्ट फण्डको शेयर रह्यो जसको चार लाख ७५ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !